नेपाल टेलिकमले ल्यायो स्थानीय निर्वाचनको अफर (प्रेस विज्ञप्तिसहित)
प्रकाशित मिति
२०७९ बैशाख २४ गते, शनिबार ०२:३०

२४ बैशाख २०७९, काठमाडौं : नेपाल टेलिकमले स्थानीय निर्वाचनको अवसरमा विभिन्न अफरहरु उपलब्ध गराउने भएको छ । टेलिकमले बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर (Election Offer) उपलब्ध गराउने भएको हो । अफरहरु आगामी बैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
हेर्नुहोस प्रेस विज्ञप्तिः
प्रतिकृया