रुसमाथि प्रतिबन्ध बढ्न थालेसँगै कच्चा तेलको मूल्य उकालो
प्रकाशित मिति
२०७९ बैशाख २४ गते, शनिबार १२:११

२४ बैशाख २०७९, काठमाडौं : रुसमा उत्पादन हुने सबैखाले पेट्रोलियम पदार्थको आयात प्रतिबन्ध लगाउने बहस सुरू भएसँगै विश्वबजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ ।
युरोपियन युनियनमा रुसबाट आउने सबै खाले तेलमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल अघि बढेको थियो । युरोपियन युनियनका अध्यक्षले युरोपियन आयोगको संसदमा उक्त प्रस्ताव गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उकालो लाग्न थालेको हो ।
यही वर्षको मार्च महिनातर्फ कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलर पुगेको थियो । त्यसपछि, विस्तारै घटेर प्रतिब्यारेल १०० अमेरिकी डलरतर्फ आइपुगेको कच्चा तेलको मूल्य पुनः उकालो लागेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११२ अमेरिकी डलर पुगेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य ११२ रुपैयाँमा पुग्दा डब्लूटीआई कच्चा तेल १०९ अमेरिकी डलर प्रतिब्यारेल पुगेको छ । कच्चा तेलको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिएको छ । (एजेन्सी)
प्रतिकृया