बैंक अफ काठमाण्डूका ग्राहकलाई विभिन्न स्थानमा ४५% सम्म छुट

प्रकाशित मिति

२०७९ बैशाख २३ गते, शुक्रबार ०४:१७

bank of kathmandu e1615874470749

२३ बैशाख २०७९, काठमाण्डौं : बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम/फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग सम्झौता गरेको छ । सम्झौताअनुसार ग्राहकले ४५ सम्म छुट पाउन सक्ने बैंकले जनाएको छ ।


सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले होटल तथा रेस्टुरेन्ट अन्र्तगत पर्पल हेज रेस्ट्रो एण्ड गार्डेन एयरपोटचोक, विराटनगरमा १५%, मिठो रेस्टुरेन्ट वित्र्तामोडमा १०%, नोबेल होटल एण्ड स्वीमिङ कम्प्लेक्स इमाडोलमा १०%, मिटिङ पोरेस्टुरेन्ट बिर्तामोडमा ५%, होटल अर्थ लाइट सौराहामा २०%, किचेन सोलुसन इमाडोलमा १०% तथा सोल्मारी रेस्ट्र एण्ड मिटिङ इमाडोलमा १५% को छुट पाउन सक्ने बैंकले जनाएको छ ।


यस्तै अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत मेडिसिटी फार्मेसी बिर्तामोडमा १०%, रामजानकी हस्पिटल जनपुरमा १५% तथा नमो मनकामना डेन्टल इमाडोलमा २५ प्रतिशतको छुटको ब्यवस्था गरिएको छ ।


साथै, बुटिक अन्र्तगत विराटनगरको पिपलचोकमा रहेको फेसन स्टुडियोमा १५% छुट पाइनेछ भने जिम/फिटनेस सेन्टर अन्र्तगत सेप्स फिटनेश ढल्कोमा विभिन्न योजनाहरुमा ४५% सम्मको छुट पाइने बैंकधले जनाएको छ ।


उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

प्रतिकृया