जेठदेखि शुक्रबार पनि सेयर बजार खुल्ने

प्रकाशित मिति

२०७९ बैशाख २३ गते, शुक्रबार १२:२१

Nepal Stock Exchange Limited NEPSE e1648116471109

२३ बैशाख २०७९, काठमाण्डौं : आगामी जेठदेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । यसअघि सातामा पाँच दिन आइतबारदेखि बिहीबारसम्म मात्र खुल्दै आएको बजार अब भने शुक्रबार पनि खुल्ने भएको हो ।


सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै धितोपत्र बजार समेत प्रभावित हुने भएपछि धितोपत्र बोर्डले बजारलाई शुक्रबार पनि खुल्ला गर्न लागेको हो ।


शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी ‘परिपक्व पुँजीबजार छलफल’ कार्यक्रममा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजार पाँचै दिन खुल्ने गरि शुक्रबार पनि बजार खुल्ला राख्न नेप्सेलाई निर्देशन दिइसकेको बताए ।


योसँगै अब आइतबारको सट्टा शुक्रबार सेयर बजार खुल्ने भएको हो ।

प्रतिकृया