घट्यो सुन र चाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित मिति

२०७९ बैशाख २३ गते, शुक्रबार ११:५३

gold12 e1640583630247

२३ बैशाख २०७९, काठमाण्डौं : शुक्रबार नेपाल बजारमा सुनको मूल्य तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार कायम भएको छ । बिहीबार सुन तोलाको ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।


चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार दुई सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया