साढे ४६ लाखभन्दा बढीले लिए प्यान नम्बर

प्रकाशित मिति

२०७९ बैशाख २० गते, मंगलवार ०५:०९

pan MDHb6sekve

२० बैशाख २०७९, काठमाण्डौं : नेपालमा हालसम्म स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने करदाताको संख्या साढे ४६ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार २०७८ चैत मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले स्थायी लेखा नम्बर लिएका छन् । हालसम्म १७ लाख ५३ हजार ६४२ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २९ लाख ४ हजार ७७१ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर र १५ हजार ७८९ जनाले अग्रिम कर कट्टी प्रयोजनका लागि स्थायी लेखा नम्बर लिएका छन् ।

प्रतिकृया