• 7:18 pm

समृद्धि फाइनान्सका ग्राहकलाई होटेल गढी भिउ एण्ड रिसोर्टमा छुट

प्रकाशित मिति

२०७९ बैशाख १७ गते, शनिबार ०३:१६

१७ बैशाख २०७९, काठमाण्डौं : मकवानपुरमा समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रा.लि. बीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार फाइनान्सका ग्राहकहरूलाई रिसोर्टले सञ्चालन गरेको जिप लाइनमा ३०५ र फुड र बेभरेजमा १०५ छुट दिने भएको छ ।


यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास फाइनान्सका व्यवसाय प्रवर्द्धन विभागका अधिकृत सुरज कुमार सर्राफले बताए । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रा.लि. का तर्फबाट होटेलका अध्यक्ष दिलीप घिमिरेले हस्ताक्षर गरेका हुन्।

प्रतिकृया