• 3:20 pm

सोमबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ बैशाख १२ गते, सोमबार ०६:२३

१२ बैशाख २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६८ पैसा रहेको छ।


यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५७ रुपैयाँ ५१ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?


प्रतिकृया