• 4:01 pm

प्रतितोला चार सय रुपैयाँले घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०७९ बैशाख ११ गते, आईतवार ११:०५

११ बैशाख २०७९, काठमाण्डौं : आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँँले घटेको छ । अघिल्लो हप्ता छापावाला सुनको मूल्य प्रतितोला एक लाख ९०० रुपैयाँ पुगेकोमा आइतबार ४०० रुपैयाँले घटेर एक लाख ५०० रुपैयाँमा झरेको हो ।


यस्तै, तेजाबी सुनको मूल्य समेत आज ५०० रुपैयाँले नै घट्दै आज एक लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।


यता चाँदीको मूल्य भने आज स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ ।

प्रतिकृया