काठमाण्डौं महानगरपालिकाको माओवादीबाट ईन्जिनियर भारती वडा अध्यक्षमा सिफारिस
प्रकाशित मिति
२०७९ बैशाख ८ गते, बिहीबार १२:५३
गोमा सुनार, ८ वैशाख २०७९, काठमाण्डौं : काठमाण्डौं महानगरपालिकाको नेकपा माओवादी पार्टीबाट इन्जिनियर राम भारती वडा अध्यक्षमा सिफारिस भएका छन् । उनी सो महानगरपालिकाबाट वडा नं. ३२ काेअध्यक्ष पदमा मंगलबार (वैशाख ६ गते) सिफारिस भएका हुन् ।
ईन्जिनियर भारती राजनीतिको साथ-साथै अरनीको यातायात प्रा.लिको कोष अध्यक्षमा पनि संलग्न रहेका छन् । यातायातको कोष अध्यक्ष समेत रेहेका उनले न्यू भिजन एकेडेमीको व्यवस्थापक समितिमा पनि संलग्न रहेर काम गरेका छन् ।
यस्तै, उनले आफ्नो शैक्षिक यात्रामा पनि राम्रो सफलता हात पारेका छन् । पुर्वान्चल विश्वविद्यालयबाट मास्टर डिग्री पास गरेका उनी पीएचडी होल्डर पनि हुन् ।
काठमाण्डौं महानगरपालिकामा स्थानीय चुनाबको गठबन्धन भए पनि वडाको भने निश्चित भएको छैन । “यदि गठबन्धन भयो र वडा नं ३२को वडा अध्यक्षमा माओवादीको भाग पर्यो भने म उम्मेदावर हुने निश्चित छ”, ई. भारतीले भने । हाल चुनावको चर्चा चलिरहेको बेला वडा नं. ३२ मा उनको पक्षमा माहोल राम्रो रहेको उनले बताएका छन् । वडा अध्यक्ष बन्ने पूर्णरुपमा क्षमता भएकाले आफू नै उम्मेदवार बन्ने धेरै सम्भाबना रहेको उनकाे दाबी छ ।
प्रतिकृया