सिटी एक्सप्रेस मनी ट्रान्सफरको बुटवल र भरतपुरमा एजेन्ट मीट कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०७९ बैशाख ५ गते, सोमबार ०४:३७
५ बैशाख २०७९, काठमाण्डौं : सिटी एक्सप्रेस मनी ट्रान्सफरकोे बुटवल र भरतपुरमा एजेन्ट मीट कार्यक्रम सम्पन्न भएको छ । गत बैशाख २ र ३ गते बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरुका लागि एक/एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बुटवल र भरतपुरबाट उल्लेखनिय सहभागिता रहेको कम्पनीले जनाएको छ । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । बिगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयारगरी यस वर्षको बुटवल र भरतपुरको एजेन्ट मीट कार्यक्रम सम्पन्न गरेको जनाइएको छ ।
सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको सो कार्यक्रम मार्फत जनाइएको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आएको व्यबस्थापन समितिले जनाएको छ ।
प्रतिकृया