• 4:57 pm

भरतपुर महानगर र चार उपमहानगरको नेतृत्वमा माओवादीको दाबी

प्रकाशित मिति

२०७९ बैशाख ४ गते, आईतवार ०५:२३

४ वैशाख २०७९, काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र चार उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ ।


सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा माओवादी नेता वर्षमान पुनले तीन वटा महानरपालिका काठमाडौं, ललितपुर र विराटनगर नेपाली कांग्रेसले लिएर तीन वटा अरु दललाई दिन प्रस्ताव गरेका हुन् ।


भरतपुर माओवादी केन्द्र, वीरगञ्ज जनता समाजवादी पार्टी (जसपा) र पोखरा एकीकृत समाजवादीले लिने उनले प्रस्ताव गरेको स्रोतले बताएको छ ।


११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने पुनले बताएका छन् ।

प्रतिकृया