उपकार लघुवित्तको आईपीओमा आवेदन दिने अवधि थप, खरिद गर्ने आज अन्तिम दिन
प्रकाशित मिति
२०७८ चैत्र २९ गते, मंगलवार ११:३३

२९ चैत २०७८, काठमाडौं : चैत २५ गते शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ खरीदका लागि आवेदन दिने अवधि थप भएको छ । मागभन्दा बढी आवेदन परिसकेपनि यस कम्पनीको आईपीओ खरीदका लागि एक दिन अवधि थप गरिएको हो ।
कम्पनीको आईपीओ विक्रीकै क्रममा चैत २७ गते राम नवमी पर्वको सार्वजनिक विदा परेकाले आवेदन दिने अवधि एक दिन थप गरी चैत ३० गतेसम्म कायम गरिएको हो । कम्पनीको आईपीओ खरिदका लागि सोमवार साँझसम्म करिब ९४ गुणा बढी आवेदन परिसकेको छ ।
कम्पनीले सार्वजनिक निष्कासनमार्फत २ लाख २१ हजार १५६ कित्ता शेयर मात्र विक्री खुला गरेको छ। कम्पनीको शेयर २२ हजार ११५ जनाले मात्र प्राप्त गर्ने छन् । ६ जना भाग्यमानी लगानीकर्ताहरुले बढीमा ११ कित्तासम्म कम्पनीको शेयर पाउनेछन् । कम्पनीले जारी पूँजी रू। ६ करोड ५६ लाख २५ हजारको ३६ प्रतिशतले हुन आउने प्रतिशेयर रू। १०० अंकित दरको रू। २ करोड ३६ लाख २५ हजार बराबरको २ लाख ३६ हजार २५० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो ।
आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको यो आईपीओ चैत २९ गते मंगलवारसम्म मात्र विक्रीमा रहने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ ।
विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ । यसका साथै मेरो शेयरको वेबसाइट र एपबाट पनि आईपीओ खरीदको लागि आवेदन दिन सकिने छ ।
प्रतिकृया