पत्रकार एवं समाजिक अभियन्ता कुवँर विवेकशील साझा पार्टीमा प्रवेश
प्रकाशित मिति
२०७८ चैत्र २८ गते, सोमबार ०७:२४

२८ चैत्र २०७८, काठमाडौँ : सामाजिक अभियन्ता एवं पत्रकार महेशजंग कुवँर विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । कुवँरले सोमबार विवकेशील साझा पार्टीको प्रधान कार्यालय बखुण्डोलमा आयोजित एक समारोहका बीच पार्टी अध्यक्ष रवीन्द्र मिश्रबाट सदस्यता लिएका हुन् ।
दशकौंसम्म सत्तामा रजगज गरेका पार्टीहरुले मुलुक र समाजको रुपान्तरण गर्न नसकेको भन्दै कुँवरले विवेकशील साझा पार्टीको नेतृत्वबाटमात्र परिवर्तन र रुपान्तरण गर्न सकिने धारणा राखेका छन् । कुँवर लामो समयदेखि पत्रकारिता र सामाजिक अभियानमा सक्रिय छन् ।
नागरिक विकास समाजका अध्यक्ष समेत रहेका कुँवर बहुदल आएसँगै नेपाली काँग्रेस, राप्रपा लगायत पार्टीको महत्वपूर्ण भूमिकामा रहेर काम गरिसकेका व्यक्ति हुन् । स्वतन्त्र पत्रकार संघका संस्थापक समेत रहेका कुँवर तारकेश्वर पत्रकार मञ्चका सल्लाहकार पनि रहेका छन् । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले कुँवरजस्ता हजारौं इमानदार र स्वच्छ छवी भएका सदस्य पार्टीलाई आवश्यक भएको समेत बताए ।
प्रतिकृया