ललितपुर मेयरमा व्यञ्जनकार एमालेको सर्वसम्मत उम्मेदवार, उपमेयरमा दुईको दाबी
प्रकाशित मिति
२०७८ चैत्र २७ गते, आईतवार ०७:१३

२७ चैत २०७८, काठमाडौं : नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् । शनिबार बसेका नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकलेउनलाई सर्वसम्मत रूपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले बताए ।
व्यञ्जनकार एमालेको केन्द्रीय कमिटी सदस्य तथा ललितपुर जिल्ला सह(इन्चार्ज समेत हुन् । गत २०७४ को निर्वाचनमा समेत महानगरको मेयरको उम्मेदवार रहेका व्यञ्जनकार काङ्ग्रेसका चिरीबाबु महर्जनसँग ३ मतले पराजित भएका थिए । उनका अनुसार उपमेयरमा भने २ जनाले दाबी गरेका छन्। ।
पार्टी महानगर कमिटीको अध्यक्ष आस्था शाक्य ‘मञ्जली’ र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दावी प्रस्तुत गरेका छन् । यो दाबीलाई महानगर कमिटी हुँदै केन्द्रीय कमिटीमा सिफारिस गरिएपछि मात्रै उपमेयरको उम्मेदवारी तय हुने छ ।
प्रतिकृया