• 4:57 pm

त्रियोगात्मक बचत तथा ऋिण सहकारी संस्थाको ११औं वार्षिक साधारण सभामा सम्पन्न

प्रकाशित मिति

२०७८ चैत्र २६ गते, शनिबार ०५:४७

२६ चैत्र २०७८, काठमाडौँ : त्रियोगात्मक सहकारी बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभा त्रियोगात्मक शेल्थ केयर सेन्टर र काप्री सेवा समाजले आयोजना गरेको थियो ।


यस्तै, आजभन्दा दुई अढाई वर्ष अगाडिको परिस्थिति र आजको परिस्थिति बिल्कुल फरक रहेको छ । कोरोनाको समयमा पनि प्रेषित स्वास्थ्य मापदण्डलाई पालना गर्दै कर्मचारीहरुले घरदैलो सुविधा प्रदान गरेको कार्यक्रम मार्फत अध्यक्ष डा. दर्शन कुमार गुरुङ्गले बताएका छन् । अध्यक्ष गुरुङ्गले भने ग्राहकहरुको गुनासा टिपोट गरी सेवाप्रदान गर्ने एक मात्रनिशपक्ष संस्था त्रियोगात्मक बचत तथा ऋण सहकारी संस्था हो । शेयर सदस्य तथा कारोबार गर्ने कुनै सदस्यलाई यस संस्थाले अप्ठेरो पर्दा सहयोत गरी अग्रस्थानमा भुमिका खेलेको अध्यक्ष गुरुङ्गले दाबी गरेका छन् ।


२०६८ सालमा स्थापना भइ थोरैलगानीबाट शुरुभए पनि संस्थाले विभिन्न सामाजिक काम गर्दै व्यापार व्यवासाय क्षेत्रमा उल्लेख्य भुमिका खेलेको बताइएको छ । यस संस्थाका सदस्यहरुको आर्थिक स्थिति सुदृढ गराउदैं संस्थाको नाम अग्र स्थानमा पुर्याएका छौं, उने भने ।


संस्थाले कार्यलय भएकै ठाउँमा त्रियोगात्मक हेल्थ केयर एवं त्रियोगात्मक फार्मेसी आर्थिक वर्षबाट सुरु भएको जनाइएको छ । संस्थाले हालसम्म मुटु, जनरल फिजियसन र विभिन्न प्रकारका रोगहरुलाई सहुलियतपूर्ण सुल्कमा कतिपय अवस्थामा निशुल्क सेवा प्रदान गर्दै आएका छौ र केही ठाउँमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेका कार्यक्रममा बताइएको थियो ।


यस्थै, संस्था यहाँसम्म पुर्याउन विशेष योगदान दिएका ग्राहकहरु, सल्लाहकार, सञ्चालक समित, उपसमितिहरु, अडिट तयार गर्ने के एच एसोसियट्स सबैमा अपिल रहेको अध्यक्ष गुरुङ्गले कार्यक्रम मार्फत जनाए ।

प्रतिकृया