• 11:21 am

शुक्रबार विदेशी मुद्राको बिनिमय दर, अमेरिकी डलर महंगो हुँदै

प्रकाशित मिति

२०७८ चैत्र २५ गते, शुक्रबार ०६:४४

२५ चैत्र २०७८, काठमाडौँ : अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्रामा अमेरिकी डलरको भाउ बढेको हो ।


राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १२१ रुपैयाँ २४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८४ पैसा रहेको छ । यसअघि बुधबार अमेरिकी डलर एकको खरिद दर १२० रुपैयाँ २८ पैसा र बिक्रीदर १२० रुपैयाँ ८८ पैसा थियो ।


यस्तै बिहीबार युरो एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७७ पैसा, यूके पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३२ पैसा रहेको छ।


कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिकृया