• 8:19 am

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारणसभा सम्पन्न

प्रकाशित मिति

२०७८ चैत्र २५ गते, शुक्रबार ०६:२५

२५ चैत्र २०७८, काठमाडौँ : नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । काठमाडौँमा भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफा रकममध्येबाट कम्पनीका शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० कित्ताको अनुपातमा बोनस शेयर र प्रति शेयर २० का दरले नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पुर्‍याउने प्रस्ताव पारित गरेको छ ।


साधारणसभामा करिब ९२ प्रतिशत शेयरधनीहरूको उपस्थिति थियो । सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीउपर छलफल गरी पारित गरेको छ ।

प्रतिकृया