नेप्सेमा दोहोरो अंकको सुधार
प्रकाशित मिति
२०७८ चैत्र २४ गते, बिहीबार ०४:५७

File Photo
२४ चैत २०७८, काठमाडौं : लगातार चार दिन घटेको बजार पाँँचौं दिन बिहीबार भने दोहोरो अंकले उकालो लागेको छ । ३५ दशमलब ६९ अंकले बजार उकालो लाग्द ४ सय ६४ दशमलब ३६ बिन्दुमा बजार बन्द भएको छ ।
दुई सय २४ वटा कम्पनीको सेयर कारोबार हुँदा कारोबार रकम भने दुई अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । २२४ वटा कम्पनीमध्ये १९० वटा हरियो २७ वटा रातो र सातवटा भने स्थिर रहेका छन् ।
बजारमा सबैभन्दा धेरै कारोबार हुनेमध्ये नबिल बैंक ७ करोड ३८ लाख बराबरको भने प्राइम बैंक ६ करोड ७१ लाख बरबरको सेयर कारोबार भएको छ ।
बजार उकालो लाग्दा नेश्डो लघुवित्त र हिमालयन पावर दुई कम्पनी सर्किट लेबलमा कारोबार भएका छन् । नेश्डो लघुवित्तको अन्तिम कारोबार १७ सयमा र हिमालयनको भने ४ सय६२ रुपैयाँमा भएको छ ।
प्रतिकृया