• 3:43 pm

मोरङमा महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिति

२०७८ चैत्र २४ गते, बिहीबार ०१:२८

२४ चैत्र २०७८, काठमाडौँ : मोरङमा ४८ वर्षीया महिलाको बलात्कार भएको छ । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिक रहेका छन् ।


बिकले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरेको जनाएको छ ।

प्रतिकृया