• 9:51 pm

पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

प्रकाशित मिति

२०७८ चैत्र २४ गते, बिहीबार ११:४५

२४ चैत्र २०७८, काठमाडौँ : सुनको भाउ बिहीबार पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ ।


यसअघि, मंगलबार सुन तोलाको ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच निर्धारण भएको छ ।


चाँदीको भाउ भने एक रुपैयाँले घटेको छ। बुधबार एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ३४ रुपैयाँ निर्धारण भएको छ ।

प्रतिकृया