नेशनल माइक्रोफाइनान्सले वितरण गर्यो ४० प्रतिशत बोनस शेयर
प्रकाशित मिति
२०७८ चैत्र २४ गते, बिहीबार ११:३९

२४ चैत २०७८, काठमाडौं : नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको ४० प्रतिशत बोनस शेयर वितरण गर्न सुरु गरेको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर वितरण गर्न सुरु गरेको हो ।
पुस २६ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हितग्राही खातामा शेयर जम्मा गरिसकेको जानकारी दिदैं कम्पनीले सो मितिपश्चात अभौतिकीकरण गराएका सदस्यहरुको हकमा पनि क्रमश शेयर जम्मा गरिने बताएको छ । पुस २६ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको बोनस शेयर भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको छ । यसर्थ कर्जा राफसाफ भैसकेको भए फुकुुवा गर्न समेत कम्पनीले अुनुरोध गरेको छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले यस वर्ष ४० प्रतिशत बोनस शेयरसँगै कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पािरत गरेको थियो । कम्पनीले माघ ६ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट पारित गरेको कुल लाभांशमध्य भने कम्पनीले फागुनमै वितरण गरिसकेको छ । कम्पनीले रू। ४१ करोड ९० लाख ५३ हजार चुक्तापूँजीको आधारमा कुल ४५ प्रतिशत लाभांश वितरण गरेको हो ।
प्रतिकृया