• 11:47 am

‘दशैंको बेला सस्तो मेला’ सुरु, १० देखि ५० प्रतिशत छुट

प्रकाशित मिति

२०७८ चैत्र २३ गते, बुधबार ०५:०१

गोमा सुनार, २३ चैत २०७८, काठमाडौं: इभेन्ट सोलुसनको आयोजनामा स्टक क्लियरेयन्स २०७८ मेला आजबाट भृकुटीमण्डपमा सुरु भएको छ । यो मेला चैत २३ गते देखि २७ गतेसम्म जारी हुने छ । यस मेलामा विभिन्न ब्रान्डको स्वदेशी तथा विदेशी सामानहरु प्रदर्शन गर्न लागेको हो । इभेन्ट सोलुसनका अनुसार ग्राहकलाई बजारमा पाउने भन्दा सुपथ मूल्यमा सामानहरु उपलब्ध गराउने यसको मुख्य उद्देश्य हो ।


उक्त मेलामा नेपाल लागायत इन्डिया, पाकिस्तान, बङलादेश, चीन, थाइल्याड र जापनमा बनेको सामानहरुको प्रदर्शन भएको इभेन्ट सोलुसनका संयोजक अनिल श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस इभेन्ट सोलुसनले २०७४ सालदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ । यसका साथै अन्य कार्यक्रमको व्यवस्थापन गर्ने कार्य पनि गरेको छ ।


स्टक क्लियरेयन्स २०७८, ‘दशैंको बेला सस्तो मेला’ मा विभिन्न प्रकारका सामानहरु पाइन्छ जस्तैः कपडा, जुत्ता चप्पल, इलेक्ट्रोनिक तथा फर्निसिङ सामानहरु, भाडा, मोबाइल, कस्मेटिक सामानहरु, अर्गानिक मह तथा जडिबुटी र अन्य सामानहरु बाहिर पसलमा भन्दा सस्तो मुल्यमा पाइने जनाइएको छ । मेलामा आएर सामानहरु खरिद गर्ने सेवाग्राहीहरुलाई १० देखि ५० प्रतिशत छुट रहेको छ, संयोजक श्रेष्ठले भने, यसै क्रममा अब ४ दिन मात्रा बाँकी रहेको र ग्राहक वर्गहरुलाई यो सुनौलो अवसर नछुटाउनका लागि संयोजक श्रेष्ठले आग्रह समेत गरेका छन् ।


दशैको बेला सस्तो मेलाः
यस इभेन्ट सोलुसनले ४ वर्षदेखि हरेक बडा दशैंमा लगातर स्टक क्लियरेयन्स मेला , दशैको बेला सस्तो मेला आयोजन गर्दै आइरहेको यस इभेन्टका कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए । उक्त मेलामा दशैंको अवसर पारी हरेक ग्राहक वर्गहरुको सहजतालाई मध्यनजर गर्दै यो मेलाको आयोजना हुन थालेको संयोजक श्रेष्ठले दाबी गरेका छन् । ग्राहकहरु थरी थरीका हुन्छन सबैको पहु्च ब्रान्डेट सामान किन्न नसक्ने हुन्छ । दशैंको बेला सबैले थोरै थोरै पैसाले पनि सपिङ गर्न पाउने र व्यापारीहरुले पनि आफुसगँ भएको सामान छिटो छिटो थोरै भएपनि नगद कारोबार गर्ने मौका दिने उदेश्यले नै यो मेलाको आयोजना गरेको हो, श्रेष्ठले भने ।


यस्तै, हरेक वर्ष बडा दशैंमा सञ्चालन हुदै आइरहेको मेला यो वर्ष चैते दशैंको अवसर पा्रेर सञ्चालन भएको छ । संयोजक श्रेष्ठका अनुसार कोभिड–१९ को कारण गत वर्ष भने यो मेलाको आयोजना गर्न नपाएको कारण र व्यापारीहरुले सकेसम्म छिटैनै आयोजना गर्नुपर्यो भनेर अनुरोध गरेकाले चैते दशैंको अबसरमा यो मेला सञ्चालन गरेको हो ।

प्रतिकृया