९० किलो लागुऔषध गाँजासहित एक जना पक्राउ
प्रकाशित मिति
२०७८ चैत्र २१ गते, सोमबार ०८:०७

२१ चैत्र २०७८, काठमाडौँ : मकवानपुरको मनहरि गाउँपालिका–६ स्थित सडकखण्डबाट ९० किलो लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलि रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
आइतबार विशेष सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय मनहरि मकवानपुरबाट प्रहरी टोलीले चितवनबाट मनहरितर्फ आउँदै गरेको बिआर २५ जीए ३०९२ नम्बरको भारतीय ट्रकलाई रोकी जाँच गर्ने क्रममा उक्त गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।
उनका अनुसार पक्राउ परेका असगर ट्रक चालक हुन् । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
Related
Recent News
- सरकार र सिमेन्ट उद्योगीबीच भएको सहमति विपरीत कसैले भाउ लिएको भए सरकार कारबाही गर्न तयार छ : उद्योगमन्त्री भण्डारी
- आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
- एनसेल नेपाल सुपर लिगद्वारा सिजन ३ को लागि खल्ती र आइएमई पे लाई आधिकारिक टिकेटिङ पार्टनरको रूपमा घोषणा
- ट्रम्प र पुटिनबीच ९० मिनेटको फोनवार्ता, पूर्ण युद्धविराम अस्वीकार
- सुनिता र बुचसहित चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
- पीएम कपमा आज तीन खेल हुदै
- प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
- आजको मौसम कस्तो रहनेछ ?
- संविधान संशोधनअघि बृहत् समीक्षाको आवश्यक छ : प्रचण्ड
- पृथ्वी नारायण क्याम्पसको स्ववियु चुनाव स्थगित, बुधबार मतदान हुने
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया