जुम्लामा विद्यार्थीद्धारा बजार सरसफाइमा
प्रकाशित मिति
२०७८ चैत्र २१ गते, सोमबार १०:५९

२१ चैत २०७८, काठमाडौँ : जुम्लाका युवा र विद्यार्थी बजार सरसफाइमा जुटेका छन् । दिनप्रतिदिन बजारमा फोहोर थुप्रिँदै गएपछि विद्यार्थी र युवा सरसफाइमा जुटेका हुन्।
मुख्य बजारमा भएको फोहोर व्यवस्थापन गर्न स्थानीय चन्दननाथ युवा क्लबका युवा र एसिया इन्टरनेसनल बोडिङ स्कुलका विद्यार्थी जुटेका हुन् ।
चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने महत र प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापा पनि सरसफाइमा साथ दिन सडकमा निस्किएका थिए । चन्दननाथ युवा क्लबका अध्यक्ष मनोज बुढाथोकी मगरले हरेक शनिबार सरसफाइ अभियान थालिएको जानकारी दिए ।
सरसफाइ अभियानलाई प्रभावकारी बनाउन चन्दननाथ नगरपालिकाले साथ दिएको छ भने प्राविधिक सहयोग खानेपानी तथा उर्जा विकास शाखाले गरेको छ । खानेपानी तथा सिंचाइ कार्यालयले ८० वटा डस्टबिन उपलब्ध गराएको छ ।
प्रतिकृया