• 4:41 pm

माधव नेपालसहित १४ सांसदविरुद्ध सुनुवाइ स्थगित गर्न माग गर्दै निवेदन

प्रकाशित मिति

२०७८ चैत्र २० गते, आईतवार १२:११

२० चैत २०७८, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन एमालेका सांसद माधवकुमार नेपालसहित १४ जनाको सांसद् पद खारेज गर्न माग गर्दै दर्ता गरेको रिटमाथि सर्वोच्च अदालतले आजदेखि शुरु गर्न लागेको पूर्ण सुनुवाइ रोक्न निवेदन पेस गरिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको पूर्ण सुनुवाइ स्थगन गर्न १४ सांसदका प्रतिनिधित्व गर्ने अधिवक्ताले सो निवेदन दिएका हुन।


एमालेले १४ सांसदलाई कारबाहीको पत्र पठाए पनि सभामुखले कुनै निर्णय नगरेको र निर्वाचन आयोगले समेत जबरजस्ती अर्को दल दर्ता गरेको भन्दै एमालेले सर्वोच्च अदालतमा मुद्दा हालेको थियो।


१४ सांसदको कारबाहीको माग गर्दै एमालेले संघीय संसद् अवरुद्ध गर्दै आएको छ। १४ सांसदविरुद्ध मुद्दाको सात महिनादेखि फैसला हुन सकेको छैन।

प्रतिकृया