• 12:38 am

‘हामी सत्य र देशका लागि लडिरहेका छौँ ’ : इमरान खान

प्रकाशित मिति

२०७८ चैत्र २० गते, आईतवार १०:३६

२० चैत २०७८, काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू सत्य र देशका लागि लडिरहेको बताएका छन् । आइतबार पाकिस्तानको समयानुसार बिहान साढे ११ बजे संसद अर्थात् नेशनल एसेम्बलीको कारवाही सुरु हुनेछ र उनको सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथि भोटिङ हुने छ ।


सदनमा अविश्वास प्रस्ताव पेश पेश गरिएको कम्तीमा तीन दिनपछि र सात दिनभित्र त्यसमाथि मतदान गर्नु अनिवार्य छ । यो समयसीमा आइतबार समाप्त हुँदै छ । जानकारका अनुसार हालको स्थिति इमरान खानको पक्षमा छैन ।


शनिबार अबेर राती इमरान खानले ट्वीट गरे, ‘ कर्बलामा, इमाम हुसैन, उनका परिवारका सदस्यहरू र उनका समर्थकहरूले संसारलाई सत्य र असत्य बीचको भिन्नता बुझाउन आफूभन्दा धेरै संख्यामा शत्रुसँग लड्दै आफ्नो जीवन बलिदान दिए । आज हामी असत्य र देशद्रोहीविरुद्ध सत्य र देशको लागि लडिरहेका छौँ । ’

(एजेन्सी)

प्रतिकृया