• 6:02 pm

रजनी सचेतना नेपाल फाउण्डेसनद्धारा आयोजित निःशुल्क आँखा जाँच शिविर, १४ सय जना लाभान्वित (भिडियोसहित)

प्रकाशित मिति

२०७८ चैत्र १९ गते, शनिबार ०५:३३

सुवास कुँवर

१९ चैत्र २०७८, काठमाडौँः रजनाी सचेतना नेपाल फाउन्डेसनले आज शनिबार काठमाण्डौं स्थित गोगंबुको कामना माध्यमिक विद्यालयमा निःशुल्क आँखा जाँच शिविर कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा आँखाको विशेष जाँच गरिनुका साथै निःशुल्क मोतिबिन्दुको शल्यक्रिया, औषधी एवम् चस्मा वितरण समेत गरिएकाे थियाे । सो कार्यक्रममा १४ सय नागरिक लाभान्वित भएका अध्यक्ष रजनी थापाले जानकारी दिएका छन् ।

(भिडियोसहित)


फाउण्डेशनले वृद्धाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बालबालिका युवा तथा वृद्धाहरुले सेवा लिन आएका थिए । निःशुल्क परिक्षण गर्न आउनेमा बालबालिका देखि वृद्धाहरु समेत रहेका थिए ।


शिविरमा नागरिकहरुले विभिन्न सेवा पाएका छन । जसमा ४२१ जनाले चस्मा, ११ सयले औषधी र १६२ जनाले निःशुल्क मोतिबिन्दु सल्यक्रिया गने अवसर पाएको अध्यक्ष थापाले जानकारी दिएकी हुन् ।


फाउण्डेशनको मुल नारा भनेको नै सबैले गास बास कपास र शिक्षाको अवसर पाओस भन्नु हो । यसले विशेष गरी महिलाको हक अधिकार, वृद्धाहरुको स्वस्थ्या तथा बालबालिकाको शिक्षाको लागि काम गर्दै आइरहेको अध्यक्ष थापाको दावी छ । विभिन्न संघ संस्थाको संयोजनमा काम गर्दै आएको फाउण्डेशनले विकट ठाउँ मेची देखि महाकालीसम्म सेवा दिदैआइरहेको छ । अहिलेसम्म राष्ट्रिय ता अन्तराष्ट्रिय संस्थासगँ आवद्ध रहेर सेवा दिरहेको छ ।


उक्त कार्यक्रम विभिन्न संघ संस्थाको संयोजक तथा सहयोगमा भएको थियो । सहयोगी संस्थाहरु क्रमशः तिलगंगा आँखा अस्पताल, काठमाडौं सटर व्यवसायी संघ, बानियाँटार युवा समाज, भण्डारी टोल युवा क्लब, नेपाली होटल व्यवसायी संघ, महिला उपकार समाज सुधार मन्च, पञ्चकुमारी युवा क्लब, काठमाण्डौं होटल व्यवसायी संघ, समाज उत्थान महिला मञ्च नेपाल रहेका थिए ।


रजनी सचेताना नेपाल फाउण्डेशन फेब्रुवरी २०१७ मा ऊर्जावान युवा नेता मिस रजनी थापाको सक्षम नेतृत्वमा स्थापना भएको थियो। यो एक गैर नाफामुलक र गैरराजनीतिक, गैर–सरकारी संस्था हो । यसको एउटै उदेश्य नेपाली जनताको सेवा गर्नु तथा सामाजिक, सांस्कृतिक, शैक्षिक तथा स्वास्थ्य सम्वन्धी सचेतना जगाई समृद्ध समाज निमार्ण गर्नु कार्यक्रम मार्फत जनाइएको थियो ।


यस्तै, स्थापना कालदेखी, फाउन्डेसनले महिला, बालबालिका र राज्यको मुल प्रवाहमा आउन नसकेका परिवारहरुलाई सुसंगत सुरक्षा प्रदान गर्ने र सचेत गराउने कार्य गर्दै आईरहेको दावी गरेको छ । फाउण्डेशनले टोखा नगरपालिकाको प्रत्येक वडा र स्याङ्जाको गल्याङ् नगरपालिकाको भानुभक्त आचार्य माध्यमिक विद्यालयमा पिरियड्सको बारेमा मिथकलाई हटाउन एउटा सानो प्रयास स्वरूप विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा बताइएको छ ।


फाउण्डेशनले टोखा नगरपालिकाका विभिन्न वडाहरूमा जेष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। साथै अन्य स्थानमा समेत स्वास्थ्य शिविर संचालन गरेको थियो, जहाँ सामान्य जाँच, सुगर र रक्तचाप परीक्षण, बालरोग परामर्श र निःशुल्क औषधिको निःशुल्क परामर्श गरिएको जानकारी दिए । शिविरबाट करिव २ सय जना लाभान्वित भएको अध्यक्ष थापाले दावी गरेकी छन् ।


२०२० देखी विश्वब्यापी फैलिएको महामारीमा फाउण्डेशनले काठमाडौं उपत्यका र कर्णाली प्रदेशका विभिन्न स्थानमा राहत स्वरूप साध्यान्न र लता कपडा वितरण गर्ने कार्य सम्पन्न गरेको थियो । युवाहरू देशको कर्णाधार हुन् । सचेत युवाले समाजलाई सकारात्मक रूपले बदल्न सक्दछ भन्ने उद्देश्यका साथ फाउण्डेशनले स्याङ्जाको गल्याङ् बहुमुखी क्याम्पसमा युवा लक्षित कार्यशाला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको कार्यक्रम मार्फत जनाइएको थियो ।


फाउण्डेशनका अध्यक्ष थापाको अनुसार रजनी सचेतना नेपालको परियोजना भनेको विकट ठाउँहरुमा जो गरिवीको चपेटामा परेका हुन्छन उनीहरुका बालबच्चाहरुका लागि नर्सरी देखि १२ कक्षासम्म निःशुल्क शिक्षा बनाउन पर्ने बताएकी छन् । कम्तीमा पनि विद्यार्थीहरुका लागि खाना, खाजा, लत्ता कपडा , कापी किताब कलमहरु निःशुल्क बनाउने योजना रहेको बताएकी हुन् ।

प्रतिकृया