कुमारी बैंकले २१ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै
प्रकाशित मिति
२०७८ चैत्र १९ गते, शनिबार ०३:२९

कुमारी बैंकले चैत्र २० गते २० वर्ष पूरा गरी २१ वर्षमा प्रवेश गर्दैछ । सो अवसरमा बैंकले प्रत्येक वर्ष जस्तै यस वर्षपनि २१ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाउने बैंकले जानकारी गराएको छ । उक्त अवशरमा बैंकले विभिन्न कार्यक्रमहरूमध्ये कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको जनाएको छ । उक्त कार्यक्रममा ग्राहकवर्गहरुको सहयोगको अपेक्षा राखेको बैंकले जनाएको छ ।
यो प्रवर्धनलाई अझ सशक्त बनाउने उद्देश्यले बैंकको कार्ड तथा डिजिटल भुक्तानी शाखाले विभिन्न अभियानहरू प्रस्तुत गर्ने भएको छ ।
१० डेबिट र क्रेडिट कार्डको हकमा
बैंकको वार्षिक उत्सवका अवसरमा कुमारी बैंकको कार्ड मार्फत POS अथवा अनलाइनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकतममा रू. २,१०० सम्म cash-back प्रदान गर्ने जनाएको छ । बैंकको अनुसार यो सुविधा एटिएमबाट पैसा झिक्दा लागू हुनेछैन ।
पहिलो पटक Mobile Top-up वा पहिलो QR भुक्तानी गर्दा
सो अवसरमा kumari smart mobile banking app प्रयोग गरी पहिलो पटक Mobile Top-up गर्दा वा QR भुक्तानी गर्दा अधिकतममा रू. २१० सम्मको क्यासब्याक प्राप्त हुने बैंकको दावी रहेको छ ।
हेलिकप्टर मार्फत गोसाइँकुण्ड जाने
कुमारी बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा हेलिकप्टर (सिम्रिक एयर) मार्फत गोसाइँकुण्ड जाने कुमारी बैंकका ग्राहक समूहलाई हवाई यात्रामा अन्य दिनको कुल खर्च भन्दा रू. १२ हजार ५ सय छुट प्रदान हुने बताएको छ । यो छुटको प्रावाधान वार्षिकोत्सवदेखि एक महिनासम्म प्राप्त गर्न सकिनेछ ।
लक्की-ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण
बैंकको वार्षिकोत्सवका दिनदेखि सात दिनभित्र Kumari Smart बचत मार्फत QR Payment, Fund Transfer अथवा Mobile Top-up गर्दा लक्की-ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण उपलब्ध हुने जनाएको छ । लक्की-ड्र मार्फत छानिएका विजेताले तीन महिनाभित्रमा यस योजनाको उपभोग गर्नुपर्ने रहेको साथै, विजेताले आफुसँग थप एकजना लाई भ्रमण्डमा लिएर जान सक्ने बैंकले जनाएको छ ।
प्रतिकृया