• 12:37 pm

भक्तपुरमा प्लानिङको ढिस्कोमा पुरिएर २ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ चैत्र १८ गते, शुक्रबार ०८:०९

१८ चैत्र २०७८, काठमाडौँ : भक्तपुरको ताथलीमा प्लानिङको ढिस्कोमा पुरिएर २ जनाको मृत्यु भएको छ । चागुनारायण नगरपालिका वडा न। ९ ताथलीमा चम्पा कुस्माले गरेको जग्गा प्लानिङमा वाल लगाउने काम गर्ने काभ्रेका २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


मृत्यु हुनेमा काभ्रे चौरी देउराली गाउँपालिका ३ को ५० वर्षको वर्षमान तामाङ र नमोबुद्ध नगरपालिका(९ को ३२ वर्षको चतुरमान तामाङ रहेका छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रतिकृया