• 7:17 pm

इभ माेटर्स नेपालद्धारा एक्स्चेन्ज मेला कार्यक्रम आयोजना

प्रकाशित मिति

२०७८ चैत्र १८ गते, शुक्रबार १२:५१

१८ चैत २०७८, काठमाण्डौं : (Lvneng Scooter)को आधिकारिक विक्रेता तथा वितरक इभ माेटर्स नेपाल |(EV MOTORS Nepal) ले हरेक शनिबार बिहान ११ बजेदेखि बेलुकी ४ बजे सम्म एक्स्चेन्ज मेला कार्यक्रम आयोजना गरिरहेको छ । सो कार्यक्रममा इच्छुक महानुभावहरुले आफ्नो पुरानो मोटरसाइकल ल्याई सो मोटरसाइकलको उचित मूल्याङ्कन गरेर न्यूनतम रु पन्ध्र हजार सम्म प्राप्त गर्ने जनाइएको छ ।


त्यस बापत आफ्नो पुरानो मोटरसाइकल एक्स्चेन्ज गरी नयाँ (Lvneng EV scooter) खरिद गर्न सकिनेछ । यसरी खरीद गरिएको स्कुटरमा रु‍ ३५ हजारसम्मको प्राप्त गर्ने प्रावधान पनि रहेको जानकारी दिएको छ ।


Lvneng Scooter नेपालमा हाल उपलब्ध विद्युतीय स्कुटरहरुमध्येमा सर्वाधिक रुचाइएको तथा विशिष्ट रूपले निर्माण गरिएको स्कुटर हो । यसमा एलजी वा सामसुङको lithium battery लगाइएको छ भने जर्मनीको Bosch मोटर रहेको पाइन्छ ।


इभ माेटर्स नेपालले सम्पूर्णमा विद्युतीय स्कुटरको प्रयोग गर्ने सुझाव दिएको छ । उक्त स्कुटरले अन्य पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा वार्षिक रूपमा रू। ९३ हजार बचत गर्न सक्ने कम्पनीले दावी गरेको छ


एक्स्चेन्ज मेला कार्यक्रमा सहभागि हनेहरुले Free Washing & Servicing  जित्नसक्ने र  रमाइलो Game काे पनि व्यावस्था रहेको इभ माेटर्स नेपालले जनाएको छ ।

प्रतिकृया