• 11:25 am

सिटिजन्स बैंक र भारतस्थित मेदान्त अस्पतालबीच सम्झौता

प्रकाशित मिति

२०७८ चैत्र १८ गते, शुक्रबार ०७:१०

१८ चैत्र २०७८, काठमाडौँ : सिटिजन्स बैंक र भारतस्थित मेदान्त–द मेडिसिटी अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दिल्लीमा आयोजित एक कार्यक्रममा सिटिजन्स बैंक र अस्पतालबीच सम्झौता भएको हो ।


समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ,लखनउ,राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखाहरूबाट पाउनेछन् ।


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना १७४ वटा शाखा, १२५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट तेह्र लाख पचास हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिकृया