• 5:55 pm

२ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

प्रकाशित मिति

२०७८ चैत्र १७ गते, बिहीबार ०१:३९

१७ चैत २०७८, काठमाडौं : नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र जारी गर्ने भएको छ । बैकले आगामी चैत ३० गते ५ वर्षका लागि नागरिक बचतपत्र २०८३ ‘क’ जारी गर्ने भएको हो । सोका लागि बैंकले यही चैत १ गतेदेखि खुल्ला गरेको बचतपत्र आगामी चैत २० गतेसम्म जारी राख्ने जनाएको छ ।


इच्छुक लगानीकर्ताहरूले राष्ट्र बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध अनलाइन सिस्टमबाट आवेदन दिन सक्नेछन् । उक्त बचतपत्र चैत ३० गतेदेखि शुरु भएर २०८३ चैत ३० गते परिपक्‍व हुने बैंकले जनाएको छ ।


वार्षिक १० प्रतिशत ब्याजदर तोकिएको उक्त बचतमा बचतकर्ताहरुले ६६ महिनामा ब्याज पाउनेछन् ।

प्रतिकृया