• 11:44 am

लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच सम्झौता

प्रकाशित मिति

२०७८ चैत्र १७ गते, बिहीबार ०१:१९

१७ चैत २०७८, काठमाडौं : लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता भएको छ । सो सम्झौतापत्रमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले हस्ताक्ष्ँर गरेका हुन् ।


उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै क्युआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायरा विस्तार गर्न सहज बनाउने लक्ष्मी बैंकले विश्वास राखेको छ ।


साथै यो सम्झौताले दुई बैंकबीच मानव संसाधन, प्रविधि र सञ्चालन लगायतका विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा समेत बैंकले गरेको जनाइएको छ ।

प्रतिकृया