• 5:59 pm

गठबन्धनबाटै चुनाव लड्छौँ : प्रचण्ड

प्रकाशित मिति

२०७८ चैत्र १७ गते, बिहीबार १०:५२

१७ चैत २०७८, काठमाडौं : नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनबाटै चुनाब लड्ने बताएका छन् । बिहीबार रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री प्रचण्डले गठबन्धन गरेरै निर्वाचनमा जानेमा कुनै दुबिधा नरहेको जानाकारी दिएका हुन् ।


‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका हौँ। आगामी निर्वाचनमा पनि गठबन्धनबाटै जाने भन्नेमा हामी प्रस्ट छौँ, भने ।


‘कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कांग्रेसले पनि गठबन्धनलाई करिब करिब कायम राखेर जाने भनिसकेपछि त्यसमा कुनै दुबिधा हामीभित्र छैन । हामी मिलेर नै जान्छौँ ।’, उनले थपे, ‘आगामी निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र रूपमा होस् । परिणामले राजनीतिक स्थायित्वलाई एकतालाई प्रवर्द्धन गर्न मद्दत गरोस् भन्ने छ ।’


उनले अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमै उपाय अवलम्बन गर्नुपर्ने बताए । त्यसका लागि सत्ता गठबन्धनभित्र पहल सुरु भइसकेको र उपाय निकालिने प्रचण्डले बताए ।

प्रतिकृया