भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध नबनाए दुर्घटनामा पर्न सक्छौं : बाबुराम भट्टराई
प्रकाशित मिति
२०७८ चैत्र १७ गते, बिहीबार १०:४४

१७ चैत्र २०७८, काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताएका छन् । युक्रेनको घटना हाम्रा लागि ठूलो पाठ हो । मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्छौं,’ उनले भने ।
रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बिहिबार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्ने बताएका हुन् ।
नेपालको छरछिमेकीको भूराजनीति बलियो बनेको उनले बताए । भारत, चीन र अमेरिकाका सम्बन्धनले हाम्रो आन्तिरिक सम्बन्धलाई पनि प्रभावित पार्ने अवस्था बनेको बताउँदै उनले राष्ट्रिय मुद्दामा दलहरुबीच सहमति हुनैपर्ने बताएका छन् ।
प्रतिकृया