ढङ्ग पुगेन भने गठबन्धनका दलले दुख पाउँछन् : नेम्वाङ
प्रकाशित मिति
२०७८ चैत्र १७ गते, बिहीबार १०:३८

१७ चैत २०७८, काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताएका छन्। बिहीबार रिपोटर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेम्वाङले गठबन्धन दलले ढङ्ग नपुर्याए दुख पाउँने र नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै कुनै दलले बहुमत ल्याउन मुस्किल पर्ने दाबी गरेका हुन् ।
‘‘गठबन्धनका कुराहरु आउँछन्, यसबारे हाम्रो स्पष्ट दृष्टिकोण छ, अहिलेको संविधानले अंगालेको मिश्रित निर्वाचन प्रणालीअनुसार अपवादमा बहुमत आउँछ, नत्र भने कुनै दलले पनि स्पष्ट बहुमत ल्याउन सक्दैन तर ढङ्ग पुगेन भने सम्बन्धित दलले दुख पाउनुहुन्छ।’ उनले भने।
त्यस्तै, प्रतिस्पर्धाका बाबजुद सबै दल मिलेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।
प्रतिकृया