• 2:47 pm

सर्लाहीमा कार दुर्घटना हुदा एक जनाको मृत्यु, पाँच जना घाइते

प्रकाशित मिति

२०७८ चैत्र १७ गते, बिहीबार १०:२४

१७ चैत्र २०७८, काठमाण्डौं : सर्लाहीको लाबन्दीमा कार दुर्घटना भएको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु, पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका–१७, स्थित कालिन्जोर पुल नजिकै भारतीय नम्बर प्लेट बिआर ०६ बिएम १५ ३७ नम्बरको कार दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार तीब्र गतिमा रहेको कार अनियन्त्रित भई सडकबाट १० फिट तल गएर पल्टिएको थियो ।


दुर्घटनामा परी कार चालकको मृत्यु भएको हो । मृत्यु हनेमा भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी–२, का अन्दाजी २२ वर्षीय नवीन यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका यादवको कानबाट रगत बगेको अवस्थामा तत्काल उद्धार गरी गडीमाई अस्पताल लालबन्दी पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ । मृतक यादवको सव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ ।


दुर्घटनामा कारमा सवार भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी–२, का अतुल कुमार, उमेश भनिने दिव्यान्स यादव, प्रिन्सराज राजपुत, बजरंगी भनिने सौरव यादव र भारतको मुजलफ्फरपुर रामनगरका अजित यादव घाइते भएका छन् ।


उनीहरुको पनि लालबन्दीस्थित गडीमाई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हो । । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

प्रतिकृया