• 1:33 am

महालक्ष्मी न.पाको तेस्रो नव निर्मित वडा भवन उद्घाटन

प्रकाशित मिति

२०७८ चैत्र १६ गते, बुधबार ०७:१२

१६ चैत्र २०७८, काठमाडौँ : आज बुधबार महालक्ष्मी नगरपालिकाद्वारा नव निर्मित देश विकास पुस्तकालय एवम् २ नं वडा कार्यालय भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त भवनको उद्घाटन नगर प्रमुख रामेश्वर श्रेष्ठले उद्घाटन गरेको हो । भवन उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली, वडा नं १, ४ र ८ का वडा अध्यक्षहरु, वडा नं २, ३ र ४ का वडा सदस्यहरु, देश विकास पुस्तकालयका पदाधिकारीहरू, स्थानीय बुद्धिजिवी, समाजसेवीसहित अन्य सरोकारवालाहरूका साथै नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


देश विकास पुस्तकालयको लागि जग्गा दान गर्नुहुने गजुरेल परिवारका सदस्य हरि विनोद गजुरेल र उनका परिवारप्रति नगर प्रमुख रामेश्वर श्रेष्ठले हार्दिक आभार व्यक्त गरेका छन् । उनले नगरपालिकाबाट हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगार, यातायातलगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य उपलब्धीहरू बारे समेत जनाएको छ ।


वडा कार्यालय भवन उद्घाटन कार्यक्रमको अध्यक्षता गरेका वडा नं २ का वडा अध्यक्ष राम बहादुर केसी ले सो भवन निर्माणमा सहयोग, सहकार्य तथा योगदान गर्ने सम्पूर्णमा आभार व्यक्त गरेका छन् । उक्त कार्यक्रममा २ नं वडाका वडा सदस्य कृष्णकुमार केसीले शुभकामना मन्तव्य राखेको थियो ।

प्रतिकृया