आजबाट सर्वसाधारणका लागि बलेफी हाइड्रोपावरको आइपीओ निष्कासन
प्रकाशित मिति
२०७८ चैत्र १६ गते, बुधबार ०३:४७

१६ चैत २०७८, काठमाडौं : बलेफी हाइड्रोपावर लिमिटेडले आज बुधबार चैत १६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । यसले सर्वसाधारणका लागि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसमा चैत २१ गतेसम्म आवेदन दिन सकिने छ ्र लगानीकर्ताले १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
प्रतिकित्ता १०० अंकित मूल्यका दरले १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्कासन गरेको हो जसमध्ये ५५ अर्थात् ९१ हजार ३९८ कित्ता सामुहीक लगानी कोष र ४५ अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले बलेफीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । ग्लोबल आइएमई क्यापिटल यसको बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयरमा आवेदन दिन सक्नेछन् ।
प्रतिकृया