मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल
प्रकाशित मिति
२०७८ चैत्र १६ गते, बुधबार १२:२९

File photo
१६ चैत २०७८ काठमाडौं : त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले मलेसियाविरुद्ध केही बेरमा बलिङ शुरु गर्ने छ ।
सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको नेपाल आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो । पहिलो खेलमा नेपालले सहज जित निकालेको थियो ।
नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, करण केसी, आबिनास बोहोरा, दिलिप नाथ, कुशल मल्ल, रोहित कुमार पौड्याल रहेका छन् ।
प्रतिकृया