• 1:21 am

टिपरको ठक्करबाट सुन्दरीजलमा दुई स्कुले बालिकाको मृत्यु, टिपर ब्याक गरेर किचेकाे आराेप

प्रकाशित मिति

२०७८ चैत्र १६ गते, बुधबार ११:५१

१६ चैत २०७८, काठमाडौं : गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ ।स्थानीय वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान ८ स् ३० बजे टिपरको ठक्करबाट ज्यान गएको हो ।


घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएकामा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ । सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।


चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

प्रतिकृया