• १७:२९ २०८० चैत्र १५ गते
  • 5:29 pm

महालक्ष्मी नगरपालिकाको तिन चौथाई खेतियोग्य जमिनमा सिचाँई सुबिधा, ब्यवसायिक तरकारी उत्पादनमा २५ प्रतिशतसम्मको बृद्धि

प्रकाशित मिति

२०७८ चैत्र १४ गते, सोमबार ०५:००

mahalaxmi napa e1648209081827

सुजिता सापकोटा, १४ चैत २०७८, काठमाडौं : महालक्ष्मी नगरपालिका, ललितपुरको खेतियोग्य जमिनको तिन चौथाई भागमा सिचाँई सुबिधा पुगेको । नगरपालिकाको कृषि शाखाको अनुसार यस नगरपालिकामा रहेको १ हजार ४ सय ५५ हेक्टर खेति गर्न उपयुक्त जमिनको करिब ७६ प्रतिशत भागमा सिचाँई सुबिधा पुगेको हो ।


नगर प्रमुख भएपछि रामेश्वर श्रेष्ठले यस क्षेत्रमा आमूल परिवर्तन ल्याएको कृषि शाखाका छैटौँ अधिकृत टंक अधिकारीले बताएका छन् । ” मेयरज्यूको कार्यकालमा यस क्षेत्रमा ठुलै परिवर्तन आएको छ , कृषि शाखाबाट साना सिंचाई विशेष कार्यक्रममार्फत नगरपालिकामा रहेको कूल खेतीयोग्य जमिन १,४५५ हेक्टरमध्ये १,१०८ हे. क्षेत्रफलमा सिंचाई सुबिधा पुगेको छ” , अधिकारीले भने ।


त्यस्तै, शाखाा अधिकृत अधिकारीका अनुसार तरकारी खेतीको लागि नगरपालिकाको र कृषि विकास शाखाबाट साना सिंचाई विशेष कार्यक्रममार्फत २५ वटा ईनार र ६८८ मिटर लामो १० वटा प्लाष्टिक पोखरी निर्माण भएका छन् ।


नगरपालिकाभित्र कृषि क्षेत्रलाई ब्यवस्थित गर्न १८ वटा थोपा सिंचाई सेट जडान गरिएको छ भने ५ वटा ७०० मिटरको पाईप सिंचाईको माध्यमबाट हाल सम्म थप २० हेक्टर क्षेत्रफलमा सिंचाई सुबिधा पुर्याइएको अधिकारीको बताए । हाल सिंचित क्षेत्रफल ११०८ बाट ११२८ हेक्टर पुगी कृषकहरुको ब्यवसायिक तरकारी खेतीको क्षेत्र बिस्तार तथा उत्पादनमा २० देखि २५ प्रतिशतले बृद्धि भएको उनको दाबी छ ।

प्रतिकृया