• 9:10 am

नेप्से २०.३४ अंकले घट्यो, बुद्धभूमि हाइड्रोका लगानीकर्ता निराश

प्रकाशित मिति

२०७८ चैत्र ९ गते, बुधबार ०३:५७

९ चैत २०७८, काठमाडौं : आज (बुधबार) नेपालको शेयरबजार २०।३४ अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) सूचक दोहोरो अङ्कले घट्दै बिन्दु २६३०.३६ मा झरेको हो ।


आज २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमा ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर कारोबार भएको छ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले आज सबैभन्दा धेरै कमाएका छन् ।

प्रतिकृया