• 6:03 pm

सुनको मूल्यमा सामान्य बृद्धि, काराेवार कतिमा ?

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ११:४०

७ चैत २०७८, काठमाडौं : सोमबार सुनको मूल्यमा सामान्य बृद्धि भएकाे छ। आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाकाे ९९ हजार ५ सय रुपैयाँ ताेकिएकाे छ ।


यस्तै, तेजाबी सुनको मूल्य आज ९९ हजार रुपैयाँ कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ ।


हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ सय रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ७ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको थियो । आज सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमै कारोबार भइरहेको छ । चाँदीको मूल्य हिजो आइतबार पनि यही कायम थियो ।

प्रतिकृया