• 5:14 pm

दोहोरो अङ्कले घट्यो नेप्से

प्रकाशित मिति

२०७८ चैत्र ६ गते, आईतवार ०३:४१

६ चैत २०७८, काठमाडौं :आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से आज अन्तिम समयमा १४ अङ्कले घटेर बन्द भएको हो । १४ अङ्कले घटेसँगै परिसूचक २६ सय १६ अङ्कमा आइपुगेको छ ।


यसक्रममा आज २ अर्ब २७ करोड रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता बराबरको सेयर खरिदबिक्री भएको छ । परिसूचक घटेको दिन लगानी समूहबाहेक सबै समूहमा गिरावट आएको छ ।


लगानी समूह १.४४ अङ्कले बढेको छ । यसबाहेक, जीवन बीमा समूह १९७ अङ्कले घटेको छ भने निर्जीवन बीमा समूह ७४ अङ्कले घटेको छ । यसैगरी, उत्पादनमूलक समूह ६८ अङ्कले घटेको छ भने होटल एण्ड टुरिजम समूह ६३ अङ्कले घटेको छ ।

प्रतिकृया