• 4:57 pm

दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ३६ करोडको कारोबार

प्रकाशित मिति

२०७८ चैत्र १ गते, मंगलवार ०३:३६

चैत २०७८, काठमाडौं : मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७ अंकले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दोहोरो अंकले घट्दै २६ सय ५० अंकमा आएर रोकिएको हो ।


आज नेप्सेमा ६५ लाख २९ हजार कित्ता सेयर किनबेच भई ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, कारोबार भएका १३ मध्ये ४ समूह बढेका छन् ।


जीवन बीमा समूह १०२ अंक, होटल एण्ड टुरिजम ९७.७, निर्जीवन बीमा समूह ६७ अंक र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको वृद्धि आएको छ । यीबाहेक, उत्पादनमूलक समूह १०४ अंकले घटेको छ भने जलविद्युत समूह ४५ अंकले घटेको छ ।


यस्तै, अन्य समूह ३५ अंकले घट्दा लघुवित्त समूह ३९ अंकले घटेको छ । यसका साथै, व्यापार समूहमा समेत २७ अंकको गिरावट आएको छ भने बैंकिङ समूह ११ अंकले घटेको छ ।


यद्बयपी, बजार दोहोरो अंकले घटेपनि इमर्जिङ नेपालको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

प्रतिकृया