• 4:35 pm

मकवानपुरको विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीद्धारा नष्ट

प्रकाशित मिति

२०७८ चैत्र १ गते, मंगलवार ०२:४३

१ चैत्र २०७८, काठमाडौं : मकवानपुरको विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ ।​ लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेती नष्ट गरेको हो ।


राक्सिराङ गाउँपालिका–४ अन्तर्गत राक्सिराङ, मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र सोही गाउँपालिका–५ अन्तर्गत बमकिङ, लाफर लगायतको क्षेत्रमा २८ बिगाहमा लगाइएको अफिम खेती सोमबार प्रहरीले नष्ट गरेको हो ।


यसैगरी मकवानपुरको बकैया गाउँपालिका–६ ज्यामिरे, मोरङगेढाप लगायतको क्षेत्रमा ११ बिगाह जग्गामा लगाइएको अफिम खेती आइतबार ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले नष्ट गरेको छ ।

प्रतिकृया