• 1:32 am

लाइभको बीचैमा युद्धको विरोध गर्ने रुसको सरकारी च्यानलकाे सम्पादक प्रहरीको हिरासतमा

प्रकाशित मिति

२०७८ चैत्र १ गते, मंगलवार १०:४२

१ चैत २०७८, काठमाडौं : रुसको सरकारी टेलिभिजन च्यानलमा बेलुकाको कार्यक्रमका बेला अचानक एक महिलाको हातमा युद्ध विरोधी पोस्टर लिएर समाचारवाचिकाको पछाडि उभिइन् । त्यस च्यानलकै सम्पादक रहेका उनी अहिले प्रहरीको हिरासतमा छिन् ।


यो पोस्टमा लेखिएको थियो, ‘युद्ध रोक, युद्ध चाहिँदैन । प्रोपोगान्डामाथि विश्वास नगर्नुहोस्, उनीहरुले तपाईंसँग झुटो बोलिरहेका छन् ।’ यी महिलाको नाम मरिना ओवस्यानिकोवा बताइएको छ ।


रुसमा टेलिभिजन न्युजमा सरकारको कडा निगरानी छ र यसमा युक्रेन र रुसको युद्धमा रुसी पक्षमात्रै देखाइँदै छ ।
एजेन्सी

प्रतिकृया