ब्राउन सुगरसहित एक जना पक्राउ
प्रकाशित मिति
२०७८ फाल्गुन ३० गते, सोमबार ०७:३७

३० फागुन २०७८, काठमाडौँ : जिल्ला प्रहरी कार्यालय उदयपुरले १३ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका वडा नम्बर १ आम्बासीस्थित रामपुर–फत्तेपुर सडक खण्डमा चेकजाँचको क्रममा भुषण राई समातिएका हुन् ।
इलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाको गस्ती टोलीले शंकास्पद देखिएपछि चेकजाँच गरिएको थियो । सो क्रममा उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ का ३१ वर्षीय भुषण पक्राउ परेका हुन्। गोप्य सूचनाका आधारमा सो क्षेत्रमा प्रहरी पुगेको थियो ।
राईले कालो रंगको प्लाष्टिक भित्र पोकोपारी लुकाएर ल्याउँदै गरेको १३ ग्राम ब्राउन सुगर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
उनलाई जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रनाउ गौतमको भनाइ छ ।
Related
Recent News
- विद्या भण्डारीसँग शेखर कोइरालाको भेट, वैकल्पिक गठबन्धनको चर्चा तीव्र
- कर नतिर्ने १२२ करदाताविरुद्ध कारबाही सुरु
- ध्ययन बिदा सकिएर पनि नफर्किएका ६ वरिष्ठ इन्जिनियरलाई नेपाल टेलिकमको ३० दिनको अल्टिमेटम
- ज्योति विकास बैंक बन्यो ‘ISO 27001:2022’ प्रमाणपत्र प्राप्त गर्ने पहिलो विकास बैंक
- श्रमिकको न्यूनतम तलब १९ हजार ५५० पुग्यो, हिजोदेखि लागू
- आज बढ्यो सुनको मूल्य
- सेवा विकास बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
- भ्रष्टाचार छानबिनको लागि राप्रपा अख्तियार जाँदै
- सत्तारुढ एमालेको पोलिटब्युरो बैठक आज बस्दै, यी विषयमा छलफल हुने
- स्वास्थ्यको क्षेत्रमा एक वर्ष : नीतिगत सुधारदेखि उत्कृष्ट काम भएका छन् स्वास्थ्य मन्त्री किरण थापा
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया